शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

इन्दिरा रानालाई उपसभामुखको उम्मेदवार बनाउने रास्वपाको निर्णय

शुक्रबार, माघ ६ २०७९

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले इन्दिरा रानामगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानामगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । रास्वपामा उपसभामुखमा सुमन श्रेष्ठ र सोविता गौतमको समेत चर्चा थियो । अन्तत: पार्टीले सर्वसम्मतरूपमा उपसभामुखको उम्मेदवारमा इन्दिरालाई चयन गरेको हाे ।

सत्ता गठबन्धनको भागबन्डामा रास्वपालाई उपसभामुख दिने समझदारी बनिसकेको छ । सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।

संवैधानिक व्यवस्थाअनुसार सभामुख/उपसभामुखमा एकजना महिला अनिवार्य छ ।

प्रतिनिधिसभाको उपसभामुख चयनका लागि शुक्रबार उम्मेदवारी दर्ता हुँदैछ । प्रतिनिधिसभाले बिहीबार सभामुख पाएसँगै आजबाट उपसमाभुखको निर्वाचन प्रक्रिया सुरु गरिएको हो । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार मनोनयन दिउँसो १ देखि अपरान्ह्र ४ बजेसम्मका लागि तोकिएको छ ।