काठमाडौं । नेपालगञ्ज विमानस्थलबाट उडेको श्रीएयरलाइन्सको विमान झापाको भद्रपुर एयरपोर्टमा अवतरण गरेको छ ।
आज बिहान करिब ७ : ३० बजे उडेको श्रीएयरलाइन्सको क्यू-४०० विमान खराब मौसमका कारण काठमाडौं अवतरण गर्न नसकेकापछि झापाको भद्रपुर गरेको हो ।
विमानस्थल एयर ट्राफिक कन्ट्रोल स्रोतका अनुसार उक्त जहाज बिहान काठमाडौंको भिजिबिलिटी कम भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण हुन सकेन । काठमाडौंमा ल्याण्ड हुन नसकेपछि भद्रपुरमा ल्याण्ड गराइएको हो ।
बिहानदेखि भिजिबिलिटी कम हुँदा त्रिभुवन विमानस्थलसँगै धेरै आन्तरिक विमानस्थलको उडान प्रभावित भएको छ ।
आज बिहानैदेखि काठमाडौंमा भिजिबिलिटी कम छ ।