बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सिके राउतले गराए मधेश आन्दोलनका शहीद भएकाप्रति संसदमा उठेर श्रद्धान्जली

बिहिबार, माघ ५ २०७९

काठमाडौं । प्रतिनिधिसभाको जारी बैठकमा मधेश आन्दोलनमा  शहीद भएकाप्रति श्रद्धान्जली व्यक्त गरिएको छ ।

सभामुख चयन प्रक्रिया अघि बढिरहँदा जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकान्त राउत (सिके राउत)ले मधेश आन्दोलनमा शहीद भएकाप्रति उठेर श्रद्धान्जली व्यक्त गर्न आग्रह गरे । त्यसपछि अधिकांश सांसदहरुले उठेर शहीदप्रति श्रद्धान्जली व्यक्त गरेका थिए ।

शहीदप्रति पनि विभेद भएको भन्दै उनले आक्रोश पनि व्यक्त गरेका थिए । सरकार गठनका बेलामात्र राष्ट्रिय सहमतिको मात्र कुरा उठ्ने गरेको भन्दै उनले मधेशी, थारुसहितलाई बाहिर राखेर राष्ट्रिय सहमति नहुने बताए । 

नेता राउतले पुराना विमान चलाउन अनुमति दिनेलाई कारबाही गर्नुपर्ने बताए । 

उनले पुराना विमान चलाउन अनुमति दिनेलाई कारबाही गर्न कुन कानुनले रोकेको भन्दै प्रश्न गरे ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रक्रियामात्र सीमित नरहन सुझाव दिँदै उनले भने, ‘साइकल वा मोटरसाइकल दुर्घटना भयो भने तत्कालै पक्राउ गरेर छानबिन थालिन्छ । तर, पुराना विमान चलाउने, चलाउन अनुमति दिनेलाई किन कारबाही हुँदैन ?’ 

गत १ माघमा काठमाडौंबाट पोखरा उडेको चालक दलका चार सदस्यसहित ७२ जना सवार यती एयरलाइन्सको विमान दुर्घटनामा परेको थियो । उक्त दुर्घटनाका विषयमा जारी प्रतिनिधिसभाले विशेष प्रस्ताव पारित गर्ने भएको छ ।