बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

काँग्रेस सबैबाट लाभ लिने तर अरुलाई हस्तान्तरण नगर्ने पार्टी : योगेश भट्टराई

बिहिबार, माघ ५ २०७९

काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले नेपाली काँग्रेसकै कारण वि.सं. २०७४ सालमा राष्ट्रपति सर्वसम्मत रुपमा हुन नसकेको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।  उनले वि.सं. २०७२ सालमा संविधान बनेपछि सर्वसम्मत रुपमा राष्ट्रपति चयन हुनुपर्ने भएपनि काँग्रेसप्रति लक्षित गर्दै काँग्रेसकै कारण सर्वसम्मत रुपमा राष्ट्रपति चयन हुन नसकेको बताए ।

उनले काँग्रेस इतिहासमा हेर्ने हो भनेपनि सबैभन्दा लाभ लिने र अरुलाई हस्तान्तरण नगर्ने दलको रुपमा रहेको दाबी गरे ।

उनले गायक प्रमोद खरेलको माया गर्ने मुटुले हो निधारले हैन…. भन्ने गित सम्झदैँ यसो हो भने काँग्रेस लगायत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने सबै दलहरुले मुटुबाट विश्वासको मत दिएको भए सभामुख उम्मेदवार देवराज घिमिरेलाई पनि मत दिएर सभामुखमा निर्वाचित गर्न आग्रह गरे ।

सांसद भट्टराईले सभामुख उम्मेदवार घिमिरे सबै किसिमले सभामुख बन्नका लागि योग्य पात्र रहेको भन्दै उनलाई सभामुखमा निर्वाचित गर्न आग्रह गरे ।