बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ओलीलाई विश्वप्रकाशको जवाफ : कांग्रेसले ढोक्सा थापेको होइन, तपाइँले प्रधानमन्त्रीलाई पिँजडामा राखेको

बिहिबार, माघ ५ २०७९

काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले आफ्नो पार्टीले माछा मार्न ढोक्सा नथापेको प्रस्टीकरण दिएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा सभामुखमा ईश्वरी न्यौपानेलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव राख्ने क्रममा उनले ओलीलाई त्यस्तो जवाफ दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने बेला कांग्रेसले माछा मार्न ढोक्सा थापेको र त्यो ढोक्सा रित्तै हुने बताएका थिए ।

त्यसको जवाफ दिँदै शर्माले कांग्रेस संसदको सबैभन्दा ठूलो दलको नाताको हैसियतले सभामुखमा उम्मेदवारी दिनु कुनै ठूलो नभएको भन्दै प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैमा माछा मार्न ढोक्सा थापेको भन्न नमिल्ने बताए ।

उनले ओली आफू प्रधानमन्त्री हुँदा प्रचण्डलाई उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बन्न नदिने, अहिले प्रचण्ड प्रधानमन्त्री बन्दा आफू उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बनेर पिँजडालाई कसिलो बनाएको भन्दै त्यसो नगर्न आग्रह गरे ।

शर्माले राष्ट्रपतिमा कांग्रेसले आँखा लगाए पनि त्यसमा नतर्सन सबैलाई आग्रह पनि गरे ।

कांग्रेस महामन्त्रीसमेत रहेका शर्माले ईश्वरी न्यौपानेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् । उनले हरेक हिसावले न्यौपाने सभामुखका लागि सुयोग्य पात्र भएको उनले जिकिर गरे ।