शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सत्तारुढ गठबन्धनप्रति जनमत पार्टी आक्रोशित

बिहिबार, माघ ५ २०७९

काठमाडौं । सत्तारुढ गठबन्धनप्रति सरकारमा रहेको जनमत पार्टी आक्रोशित बनेको छ।

सहमतिअनुसार मन्त्रालय नपाएको जनमत पार्टीले मधेसी र थारु समुदायमाथि शोषण र दमन भएको आरोप लगाएको हो।

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जसपा, लोसपा, जनमत तथा नागरिक उन्मुक्तिपार्टीलाई शासक वर्गले पाखा लगाउन खोजेको आरोप लगाएका छन् ।​ फेसबुक तथा ट्टीवरमा आक्रोश पोख्दै उनले मधेसले यसको प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

उनले लेखेका छन्, ‘मधेसले यसको प्रतिकार गर्ने छ। सडक र आन्दोलनको विकल्प हामीसँग सँधै खुल्ला नै छ।’

राउतले पश्चगामी चरम नश्लवादीहरूको झुण्डले पूरै मधेसी र थारुलाई राज्यबाटै बहिस्करण गर्दै यो देश तिम्रो होइन भन्ने सन्देश दिएको आरोप लगाएका छन् ।