बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरेकाे उम्मेदवारी दर्ता

बुधबार, माघ ४ २०७९

 काठमाडौं । नेकपा एमालेका देवराज घिमिरेले प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवरी दर्ता गराएका छन् ।

उनको प्रस्तावकका रुपमा एमालेका नेता सुवाश नेम्वाङ र नेपाल स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे समर्थक छन् ।

घिमिरे झापा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।

आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न संसद सचिवालयले समय दिएको छ ।

एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्षबीच राष्ट्रपति एमालेले ५ वर्ष पूरै कार्यकालका लागि लिने तथा प्रधानमन्त्री र सभामुख आलोपालो दुवै दलले नेतृत्व गर्ने सहमति भएको थियो ।