शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सवारी दुर्घटनामा दुई जनाको मृत्यु 

बुधबार, माघ ४ २०७९

काठमाडौं- ललितपुरको ललितपुर महानगरपालिका–७ ग्वार्को पेट्रोल पम्पस्थित सडकमा बा.८४ प ६५५६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–७ ग्वार्को घर भएका ७१ वर्षीया सन्तु महर्जनको मंगलबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको बीएण्डबी अस्पताल ग्वार्कोमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्करबाट घाइते भएकी उनकै छोरी ४० वर्षीया मिना महर्जनको सोही अस्पतालमा उपचार भइरेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

कास्कीको पोखरा महानगरपालिका–२० भलाम डाँडागाउँस्थित सडकमा लु.१ क १७३२ नम्बरको ग्रेडर सडकबाट करिब १ सय ५० मिटर तल भीरमा खसेर मंगलबार राति दुर्घटना हुँदा ग्रेडरको हेल्पर धनगढी घर भई कास्की पोखरा महानगरपालिका–२० भलाम बस्ने १८ वर्षीय रोहन पार्कीको मृत्यु भएको छ । दुर्घटना गम्भीर घाइते भएका उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।