काठमाडौं । सत्तारुढ गठबन्धनबाट एमालेका देवराज घिमिरे प्रतिनिधिसभाको सभामुखका उम्मेदवार हुने भएका छन् ।
झापा–२ बाट निर्वाचित घिमिरेलाई सभामुखको उम्मेदवारी दर्ता गराउन लागेको हो ।
संघीय संसद सचिवालयले सभामुख उम्मेदवारी दर्ताका लागि आजको समय सिमा दिए पछि एमालेले घिमिरेलाई सभामुखको उम्मेदवारी बनाउन लागेको एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।
पुर्ववत सहमति अनुसार उनी सत्तारुढ गठबन्धनका उम्मेदवार हुन् ।