बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

उपराष्ट्रपति र उपप्रधानमन्त्री पौडेलले अस्पताल पुगेर भेटे वर्षमान पुनलाई

बुधबार, माघ ४ २०७९

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले ललितपुरस्थित सुमेरु अस्पताल पुगेर नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

यसैगरी एमाले उपाध्यक्ष एवं वर्तमान उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पनि सुमेरु अस्पताल पुगेर पुनको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् । उनले पुनको स्वास्थ्य लाभको कामना समेत गरे ।

जण्डिसमा समस्या देखिएपछि नेता पुनलाई केही दिनअघि सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । नेता पुनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको छ।