शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सभामुखका लागि आज मनोनयन दर्ता हुँदै

बुधबार, माघ ४ २०७९

 काठमाडौं । प्रतिनिधि सभा सभामुखका लागि आज मनोनयन दर्ता हुँदैछ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नु पर्नेछ ।

आज सभामुखको उम्मेदवारी दर्ता हुनेछ । संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको कार्यतालिका अनुसार दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता हुनेछ । सभामुख चयनसँगै माघ ७ गते उपसभामुख चयनको प्रक्रिया सुरु हुनेछ ।

आज दिउँसो सवा ४ बजे उम्मेदवारहरूको सूची प्रकाशन हुनेछ । प्राप्त प्रस्तावहरू भोलि बिहान बस्ने प्रतिनिधिसभा बैठकमा पेस हुनेछन् ।

प्राप्त प्रस्तावलाई प्रस्तावकले बैठकमा पेस गरेपछि समर्थन गर्ने दलका तर्फबाट सदस्यहरूले समर्थन गर्नेछन् । एक मात्र प्रस्ताव परेको अवस्थामा सभामुख चयन निर्विरोध हुनेछ । मतदानमा जानुपरे सभामा तत्काल कायम रहेका सदस्य सङ्ख्याको बहुमतबाट निर्वाचित गरिनेछ । कुल २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा सभामुख निर्वाचित हुन कम्तीमा १ सय ३८ सदस्यको मत आवश्यक पर्नेछ ।