शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

माओवादीले मन्त्रीको नाम टुंग्यायो, सञ्चारमा रेखा शर्मा

मंगलबार, माघ ३ २०७९

काठमाडौं । सत्ताको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेका ४ मध्ये तीन मन्त्रालयको जिम्मेवारी लिने मन्त्रीको नाम टुंगो लगाएको छ ।

माओवादीले दाङ २ बाट निर्वाचित रेखा शर्मालाई सञ्चारमन्त्रीको जिम्मेदवारी दिने भएको छ भने भोजपुरबाट निर्वाचित सुदन किराँतीलाई संस्कृति पर्यटन मन्त्री र मोरङका अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाउने पक्का भएको छ ।

सत्ता गठबन्धनमा भएको भागवण्डामा माओवादीको भागमा चार वटा मन्त्रालय परेको छ भने एक राज्यमन्त्री पाउने भएको छ । उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् ।

एक राज्यमन्त्रीमा कस्लाई पठाउने भन्ने निर्णय भइसकेको छैन ।