बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

सोमबार, माघ २ २०७९

काठमाडौं । आइतबार बिहान पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको ‘ब्ल्याक बक्स’ भेटिएको छ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीका अनुसार सोमबार बिहान दुर्घटनास्थलमा ब्ल्याक बक्स भेटिएको हो ।

उक्त ब्ल्याक बक्स सरकारद्वारा गठित दुर्घटना जाँचबुँझ आयोगलाई हस्तारण गरिने छ ।

चार जना चालक दलका सदस्यसहित विमानमा सवार ७२ जनामध्ये हालसम्म भेटिएका सबै ६८ जना मृत घोषणा भइसकेका छन्।

६८ जनाको शव आइतबार नै रिकभर भएको थियो। शसस्त्र प्रहरी बलको गोताखोर टोलीले बाँकीको खोजी गरिरहेपनि फेला पर्न सकेका छैनन्। फेला परेका शवलाई गण्डकी प्रादेशिक अस्पतालमा राखिएको छ।