हेटौँडा । बागमती प्रदेशको उपसभामुखको निर्वाचन आज हुने भएको छ ।
प्रदेश सभा उपसभामुखका लागि तीन जनाको उम्मेदवारी परेको छ । आज ३ बजे हुन गईरहेको उपसभामुख निर्वाचनका लागि नेकपा एमाले, नेपाली कांग्रेस र नेमकिपाका तीन उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।
जस अनुसार एमालेवाट अप्सरा चापागाई, कांग्रेसवाट सुना परियार तथा नेमकिपावाट गीता काफ्लेको उम्मेदवारी परेको छ । तीनै जनाको उम्मेदवारका मत चयन प्रक्रिया आज अपरान्ह ३ बजेबाट सुरु हुने प्रदेश संसद सचिवालयले जनाएको छ ।
देशमा शोक बिदा दिइएपनि सांसदको पहिलो बैठकको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक ब्यवस्थाको कारण आजै चयन हुनुपर्ने वाध्यता छ ।