शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

दाङमा मोटरसाइकल दुर्घटनामा २ युवकको मृत्यु 

सोमबार, माघ २ २०७९

दाङ । दाङमा आज बिहानै भएको मोटरसाइकल दुर्घटनामा २ युवकको मृत्यु भएको छ  ।

सर्रा सौडियार सडक खण्डमा आफैं चलाएको रा ५ प ९५१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो । 

घोराही १६ का २१ वर्षका सुशील चौधरी र सोहि ठाउँका १८ वर्षका विवेक चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जनाएका छन् । मृतकको शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ  ।