धनगढी । सभामुख चयन गर्नका लागि आब्हान गरिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक अन्तिममा आएर स्थगित भएको छ ।
पोखरा बिमान दुर्घटनामा राष्ट्रिय शोक मनाएको भन्दै बैठक स्थगित गरिएको हो । आज बिहान बसेको सर्वदलीय बैठकले भोलिसम्मका लागि बैठक स्थगित गर्ने निर्णय गरेको हो ।
लगातार दुई पटक सभामुख छानिन नसकेपछि आज (सोमबार) तेस्रो पटक सभामुख छान्नका लागि प्रदेश सभाको बैठक बोलाइएको थियो ।