काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आज बिहान पोखरामा त्रासदीपूर्ण दुर्घटनामा परेको खबरले आफू अत्यन्त दु:खी भएकाे बताएका छन् ।
६८ जना यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आज बिहान पोखरामा परेको थियो ।
दुर्घटनामा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै एमाले अध्यक्ष ओलीले शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल मार्फत उनले लेखेका छन्-
काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आज बिहान पोखरामा त्रासदीपूर्ण दुर्घटनामा परेको खबरलले अत्यन्त दुःखी छु । दुर्घटनामा ज्यान गुमाउनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
दुर्घटनाको प्रभावकारी उद्दारका लागि सरकारसँग आग्रह गर्दछु ।