शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री दाहाल विमानस्थलमा

आइतबार, माघ १ २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा भएको विमान दुर्घटनाबारे जानकारी लिएका छन् । उनले केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको उद्धार समन्वय केन्द्रसँग घटनाबारे विस्तृत विवरण लिएका हुन् ।

 निरीक्षणका क्रममा प्रधानमन्त्रीले दुर्घटना हुनुको प्राविधिक र अन्य कारणबारे जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । विमानस्थलका कर्मचारीहरूले प्रधानमन्त्रीलाई घटनाबारे जानकारी गराएका थिए । 

 प्रधानमन्त्रीले सरकारका सबै निकायलाई प्रभावकारीरूपमा उद्धारमा लाग्नु निर्देशन दिएका छन् । 
प्रधानमन्त्रीले आजै अपराह्न १ः३० बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 निरीक्षणमा प्रधानमन्त्रीका साथै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलगायत सरकारी अधिकारीहरू थिए ।