शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

६८ यात्रु बोकेको यति एयरलायन्सको विमान पोखरामा दुर्घटना

आइतबार, माघ १ २०७९

काठमाडौँ – पोखरामा यति यएरलाइन्सको विमान दुर्घटना भएको छ । चालक दलका सदस्यसहित ६८ जना सवार रहेको विमान पोखराको सेती किनारमा खसेको हो ।

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार एएनसी एटीआर ७२ जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । साे विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार रहेकाे उनले बताए ।

अहिले दुर्घटनास्थलमा आगो निभाउने प्रयास भइरहेको छ । थप विवरण आउन बाँकी छ ।