विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन् ।
बिहान ११ बजेदेखि सुरू हुने प्रदेशसभा बैठकमा कार्कीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीले जानकारी दिए ।
आइतबार ६० सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले सोमबारबाट कार्यभार सम्हालेका थिए ।
९३ सदस्यीय प्रदेश १ सभामा मुख्यमन्त्री कार्कीलाई एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० सांसदको समर्थन छ ।
यसैबीच माओवादीका दुई मन्त्रीलाई पनि आजै नियुक्त गर्ने तयारी छ ।