शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

अवैध लागूऔषध सहित पक्राउ 

बिहिबार, पुष २८ २०७९

काठमाडौं – मकवानपुरको हेटौडा उपमहानगरपलिका–११ थानाभर्याङिबाट अवैध लागूऔषध गाँजा ७ केजी सहित राक्सिराङ गाउँपालिका–१ बस्ने ६० वर्षीय डिल बहादुर चेपाङ समेत २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । मनहरीबाट हेटौडातर्फ जाँदै गरेको ना.८ ख ९५३ नम्बरको बसलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  

सर्लाहीको हरिवन नगरपालिका–४ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ५ केजी सहित सोही नगरपालिका–५ बस्ने २० वर्षीय सुनिल महतोलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले ना.४४ प  ४२८९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक सुनिललाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

सिन्धुलीको दुधौली नगरपालिका–५ तलखा पुलबाट अवैध लागूऔषध गाँजा करिब ५ केजी सहित सोही नगरपालिका–१० मंगलपुर बस्ने ४२ वर्षीय हर्क बहादुर तामाङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय डकाहा र ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

सुर्खेतको वीरेन्द्ननगर नगरपालिका–१० एकान्तनगर टोलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ८ ग्राम ७ सय ७० मिलिग्राम, डिजिटल तराजु १ थान, सुनको चन्द्रमा १ थान, कानमा लगाउने सुनको टप ४ थान र नगद ६६ हजार ७ सय २० रुपैयाँ सहित जुम्ला चन्दननाथ नगरपालिका–५ घर भई हाल सुर्खेत वीरेन्द्ननगर नगरपालिका–१० डेरा गरी बस्ने १९ वर्षीय सौरभ श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा श्रेष्ठको साथ र कोठाबाट उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

बाराको निजगढ नगरपालिका–९ बाट अवैध लागूऔषध गाँजा १२ केजी सहित सोही नगरपालिका–१२ रामथली बस्ने विजय कुमार तितुङ समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज र ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको संयुक्त प्रहरी टोलीले प्र.३–०३–००१ प २१०५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । साथै संगै आउँदै गरेको प्र–२–०३–००५ प ६५५१ नम्बरको मोटरसाइकल चालक जितपुर सिमरा उपमहानगरपालिका–१६ टाङियाबस्ती बस्ने ३० वर्षीय दिप आले मगरलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।