शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित

बिहिबार, पुष २८ २०७९

विराटनगर । प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतम निर्वाचित भएका छन् ।

बिहीबार बसेको बैठकमा सभाका जेष्ठ सदस्यले गौतम निर्विरोध निर्वाचित भएको घोषणा गरे  ।

सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतमको एकल उम्मेदवारी परेको थियो । 

ज्येष्ठ सदस्य गयानन्द मण्डलले सभामुखमा गौतमको एकल उम्मेदवार परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरे ।

गौतमको प्रस्तावकमा नेकपा एमालेका रेवतिरमण भण्डारी र नारायणबहादुर मगरलगायत समर्थक थिए ।

गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको पनि समर्थन थियाे।

माओवादी केन्द्रका केन्द्रीय सदस्य गौतम ओखलढुङ्गाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका हुन् ।