शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

२०५१ सालको संसदलाई अहिलेकोसँग तुलना गर्न मिल्दैन : मिनेन्द्र रिजाल

बिहिबार, पुष २८ २०७९

काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले नेपाली कांग्रेसले प्रचण्ड सरकारलाई विश्वासको मत दिएपछि असन्तुष्टि जनाएका छन् ।

पूर्वमन्त्री समते भएका कांग्रेस नेता रिजालले २०५१ को संसदसँग अहिलेको तुलना गर्न नमिल्ने बताएका छन् ।

त्यसवेला मनमोहन अधिकारी नेतृत्वको सरकारले विश्वासको मत नपाएको भए निर्वाचनमा जानुको विकल्प नभएको परिदृश्यलाई उल्लेख गर्दै उनले अहिले प्रचण्ड सरकार बहुमतमा भएको बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्,

‘नमिल्ने तुलना न गरौं।
विश्वासको मत लिदा, २०५१ मा संसदको सबैभन्दा ठूलो दलको नेताको रूपमा मनमोहन अधिकारीको अल्पपतको सरकार थियो, अहिले दलहरूको स्पष्ट बहुमत भएको प्रचण्ड सरकार रहेको हो। थप, अहिले सबैभन्दा ठूलो दलको नेताले बहुमत नपाए पनि बैकल्पिक सरकार बनाउने बाटो छ, त्यो बेला थिएन।’

साथै रिजालले कांग्रेसको निर्णय अस्वाभाविक भएको भन्दै लेखेका छन्-

‘लोकतन्त्रमा सरकार र प्रतिपक्षको सम्बन्ध स्वस्थ्य प्रतिस्पर्धा, आलोचना, खबरदारी र विकल्प प्रस्तुतिको हुनुपर्दछ। प्रधानमन्त्रीमाथिको विश्वासको मतको प्रस्तावको विपक्षमा मत दिनुले सम्बन्ध वैमनस्यताको बन्दैन। त्यसैले यो प्रस्तावको पक्षमा मत दिने नेपाली काङ्ग्रेसको निर्णय अस्वाभाविक छ।’