बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नवनियुक्त मुख्यमन्त्री जमकट्टेलले बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेटे 

बिहिबार, पुष २८ २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले भेट गरेका छन् ।
 
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा प्रधानमन्त्री दाहालले मुख्यमन्त्रीमा नियुक्त हुनुभएकामा जमकट्टेललाई बधाई तथा शुभकामना दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
 
नवनियुक्त मुख्यमन्त्री जमकट्टेल नेकपा (माओवादी केन्द्र)का नेता हुन् । नेकपा (एमाले) लगायत सत्ता साझेदार दलको सहयोगमा उनी सोमबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।