शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

बागमती प्रदेशका मुख्यमन्त्रीले माघ ३ गते विश्वासको मत लिने 

बुधबार, पुष २७ २०७९

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले माघ ३ गते विश्वासको मत लिने भएका छन् ।

पुस २६ गते मंगलबार दुई मन्त्रीसहित शपथ लिएका मुख्यमन्त्री जम्कट्टेलले माघ ३ गते विश्वासका मत लिने भएका हुन् ।

बागमती प्रदेश सरकारका प्रवत्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले मुख्यमन्त्रीले विश्वासको मत लिने निर्णय भएको जानकारी दिए ।
 
मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रालयको संख्यासँगै बाँडफाड पनि टुंग्याइने प्रवक्ता थपलियाले जानकारी दिए । उनले प्रदेशमा रहेका १४ वटा मन्त्रालयलाई घटाएर ११ मा ल्याउँने तयारी भइरहेको पनि बताए । 

यसअघि मंगलबार बसेको प्रदेश सरकारको पहिलो बैठकले प्रदेशको १४ वटा मन्त्रालयलाई घटाउने निर्णय गरेको थियो ।

कूल ११० सांसद रहेको प्रदेशसभामा जम्कटेलल ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।