बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

मंगलबार, पुष २६ २०७९

काठमाडौँ : सरकारले पुस २७ गते पृथ्वी जयन्तिमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमवार साँझ बसेको मन्त्रिपरिषदको बैठकले नेपाल एकीकरणका नायक बडामहाराजा पृथ्वीनारायण शाहको जन्मदिनमा सार्वजनिक विदा दिने निर्णय गरेको हाे ।

राप्रपाले सरकारलाई समर्थन दिन र सरकारमा सहभागी हुन पृथ्वी जयन्तिमामा सार्वजनिक विदा दिनुपर्ने अडान नै राखेको थियो । आजै सार्वजनिक सत्ता साझेदार दलहरुको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक विदा दिने उल्लेख गरिएकाे छ । सो न्यूनतम साझा कार्यक्रमलाई आजै बसेकाे मन्त्रिपरिषद बैठकले पारित गरेको स्रोतले बतायो ।

पृथ्वी जयन्तिको अवसरमा विगतमा नेपालमा सार्वजनिक बिदा दिने प्रचलन रहे पनि २०६२/०६३ को जनआन्दोलनपछि बिदा दिन छाडिएको थियो ।