काठमाडौं – काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित सडकमा हाल नम्बर नखुलेको बसको ठककरबाट अन्दाजी २७ वर्षीय पुरुषको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार बस र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
ललितपुर महानगरपालिका–१७ स्थित सडकमा हाल नम्बर नखुलेको गाडी, बागमती प्रदेश ०१–०२५ च ०८०१ नम्बरको गाडी र बा.४२ प ४०९६ नम्बरको मोटरसाइकल आइतबार राति एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक हुम्ला सिमिकोट घर भई हाल ललितपुर महानगरपालिका–१५ हात्तिवन बस्ने ३६ वर्षीय भुपेन्द्र रावतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
महोत्तरीको सम्सी गाउँपालिका–४ भेटपुर चोकस्थित सडकमा बी आर ३० जेड २२१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने रामजीवन महराको छोरी ९ वर्षीया आकृति कुमारी महराको आइतबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको जानकी मेडिकल पर्सामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवनको भरतपुर महानगरपालिका–२७ ढेगौलीमा ना.४ च ७६९३ नम्बरको बलेरोको ठक्करबाट सोही ठाउँ बस्ने ६९ वर्षीय पईजी महत्तोको आइतबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार बलेरो चालकको प्रहरीले खोजी गरिरहेको छ ।
झापाको दमक नगरपालिका–६ स्थित सडकमा प्रदेश १–०१–०१६ प ६८६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८१ वर्षीय कमल कुमार राईको मृत्यु भएको छ । शुक्रबार दिउँसो मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो ।
सुर्खेतको सिम्ता गाउँपालिका–९ मुङग्रेस्थित भित्री सडकमा कर्णाली प्रदेश ०२००१ च ०६०६ नम्बरको बलेरो जिप सडकबाट अन्दाजी ५०० मिटर तल खसेर आइतबार साँझ दुर्घटना हुँदा जिपमा सवार सोही गाउँपालिका–९ बस्ने ३६ वर्षीया रमा चन्दको मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका जिपमा चालक समेत ४ जनाको मेहेलकुना अस्पतालमा उपचार भइरहेको छ ।
पाल्पाको रम्भा गाउँपालिका–३ निकिचौरस्थित सडकमा लु.४ त ७९१६ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका–१ हुँगी बस्ने १७ वर्षीय विशाल थापाको मत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।