शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

रेड मर्क्युरी भन्दै ठगी गर्ने कार्यमा संलग्न नौ जना पक्राउ 

सोमबार, पुष २५ २०७९

काठमाडौं- रेड मर्क्युरी भन्दै ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ९ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१७ क्षेत्रपाटीका ३९ वर्षीय अख्तर हुसेन, धादिङ गल्छी गाउँपालिका–६ घर भएका ३० वर्षीय राज मगर, रूपन्देही कञ्चन गाउँपालिका–५ घर भएका ३८ वर्षीय मिन बहादुर दर्जी, म्याग्दी बेनी नगरपालिका–५ घर भएका ४५ वर्षीय प्रेम बहादुर बाँनिया, धादिङ धुनिवेशी गाउँपालिका–२ महेशँफाटका २५ वर्षीय कृष्ण कुमार परियार, प्यूठान नौबैरी गाउँपालिका–३ घर भएका ५१ वर्षीय गंगा बहादुर बुढा, बागलुङ जलजला गाउँपालिका–४ घर भएका ५१ वर्षीय मुयाल श्रीष, रौतहट गुजरत नगरपालिका–२ वर्म टोलका ३८ वर्षीय संगम लामा र उदयपुर गडी गाउँपालिका–५ क्युरेनीका ३९ वर्षीय बलजित विश्वकर्मा रहेका छन् । 

काठमाडौं धुम्बाराहीमा केही व्यक्तिहरूलाई ठगी गर्ने उद्देश्यले रेड मर्युटोरी हो भन्दै १ करोड रूपैयाँमा मोलमोलाई गरी अवैध कारोबार गर्न लागिरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि प्रहरी वृत्त महाराजगंज पठाएको छ ।