काठमाडौं । भारतको गुजरातबाट कैलालीको टीकापुरका लागि हिँडेको बस लखनउमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
मृत्यक चार मध्ये तीन जना नेपाली रहेका छन् । जिल्ला प्रसासन कार्यालय कैलालीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा टीकापुर नगरपालिका १ नयाँबस्तीका चन्द्रबहादुर साउँद, ज्योतिनगरका ललित साउँद, निर्मला बोहरा रहेका छन् ।
बसका चालक भारतीय एक जनाको भने सनाखत हुने सकेको छैन ।
उक्त दुुर्घटनामा परि १४ जना घाइते भएका छन् भने बसमा ६० बढी यात्रु सवार थिए । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
उनीहरु भारतका विभिन्न शहरबाट घर फर्किरहेका थिए ।