एजेन्सी, १५ वैशाख ।
धेरै सेक्सी देखिएको आरोपमा कम्बोडियन सरकारले त्यहाँकी एक नायिकालाई फिल्म खेल्न एक वर्ष प्रतिवन्ध लगाएको छ । त्यहाँको संस्कृति मन्त्रालयले उनलाई त्यस्तो प्रतिवन्ध लगाएको समाचारमा जनाइएको छ ।

२४ वर्षिया नायिका डेनी क्वानले थुप्रै फिल्ममा अभिनय गरिसकेकी छिन्। नियम तोडेको भन्दै उनलाई संस्कृति मन्त्रालयले पुनस् पाठ सिकाएपछि फिल्म खेल्न समेत प्रतिबन्ध लगाएको हो।अन्य नायिकाले झै आफुले कामुक भूमिकामा फिल्न नखेलेको बताउने उनको फेसबुकमा मात्र तीस लाख फलोअर छन्।

‘कम्बोडियामा धेरै सेक्सी कलाकारहरु छन्। केही त सुटिङमा म भन्दा पनि ज्यादा कामुक बन्छन् अनि किसिङ सिन दिन्छन्’, उनले भनिन। ‘मलाई थाहा छ चाहे अनुसार ड्रेसअप गर्न पाउनु मेरो अधिकार हो, तर हाम्रो संस्कृति र कम्बोडियन जनताले यो स्वीकार्न सक्दैनन्।’ उनले भनिन, ‘फेसबुकमा तस्विर पोस्ट गर्दै म जस्तो सेक्सी छु अब त्यस्तो नदेखिन प्रयास गर्छु।’