बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेसपाको राजनीतिक समितिको बैठक बस्दै

आइतबार, पुष २४ २०७९

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक बस्दैछ ।

आज पार्टी केन्द्रिय कार्यालय सुविधानगरमा बस्ने राजनीतिक समितिको बैठकले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्नेबारेमा छलफल गर्ने जनाइएको छ ।

साथै बैठकमा चुनावको समीक्षा, समसामयिक राजनीतिको विषयमा पनि छलफल हुने जनाइएको छ । 

माओवादीको चुनाव चिन्ह लिएर गत निर्वाचनमा चुनाव लडेको यो पार्टीको प्रतिनिधि सभामा एक सदस्य छ ।