शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

प्रदेश सरकारको नेतृत्वमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बस्दै

आइतबार, पुष २४ २०७९

काठमाडौं । सत्ता गठबन्धनका दलका नेताहरुको बैठक आज बस्दै छ ।

बैठक बिहान १० बजे माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बस्ने छ ।

न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन बुझेसँगै नेताहरू शक्ति बाँडफाँटमा जुटेका हुन् ।

बैठकमा कुन प्रदेश सरकारको नेतृत्व कुन दलले गर्ने भन्ने विषयमा नेताहरुबीच सहमतिको प्रयास हुने बताइएको छ ।

प्रदेश नम्बर १ मा आज आइतबार सरकार गठनको तयारी छ । यसकारण सहमति जुटाउने प्रयासमा नेताहरू छन् ।

प्रदेश १ को मुख्यमन्त्री एमालेको भागमा पर्ने सहमति भएपछि नेकपा एमाले प्रदेश १ का संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन्।