एजेन्सी १४ वैशाख ।
कंगना रनौत अब हंसल मेहताको हास्यप्रधान फिल्म ‘सिमरन’ बाट स्क्रिप्टराइटरको रूपमा ‘डेब्यू’ गर्न गइरहेकी छन् । यद्यपी यसअघि उनले विकास बहलको ‘क्विन’ को केही दृश्य लेखेको चर्चा चल्ने गरेको छ ।
‘क्विन’ बाटै कंगनाले उत्कृष्ठ नायिकाको अवार्डसमेत पाएकी थिइन् । तर, यो उनका लागि पहिलो अवसर हो जसले अधिकारिकरूपमा सह–लेखिकाको दर्जा दिलाउने छ ।
उसो त कंगनाले न्यूयोर्कमा एक ‘स्क्रिनप्ले’ लेखनको कक्षा पनि लिइकी छन् । हंसल मेहता कंगना एक प्रतिभाशाली कलाकार भएकाले राम्रो स्क्रिप्ट लेख्छिन भन्नेका ढुक्क देखिएका छन् । यो फिल्ममा कंगनालाई मुख्य भूमिका ‘सिमरन’ कारूपमा देख्न सकिने बताइएको छ ।