एजेन्सी, १४ वैशाख ।
महिनौको प्रतिक्षापछि ‘बेवाँच’ मा प्रियंका चोपडाको विक्टोरिया लिड्स भएको भूमिका सार्वजनिक भएको छ । यो नै फिल्मको सबैभन्दा राम्रो ट्रेलर पनि भनिएको छ ।
सार्वजनि गरिएको ट्रेलरमा प्रियंक ज्यादै राम्री देखिएकी छन् । फिल्ममा उनको नकारात्मक भूमिका छ । फिल्ममा प्रियंकाले विक्टोरिया समुन्द्र किनारमा नयाँ क्लब खोल्छिन् । जसलाई उनले ड्रग्स् र गैरकानुनी काम सञ्चालनको हेडक्वाटर बनाउँछिन् ।
‘बेवाँच’ टिम फिल्ममार्फत विक्टोरियाको वास्तविकता उजागर गर्ने प्रयासमा रहेको छ । २५ मइमा रिलिज हुन गइरहेको यो फिल्मले कुनै पनि मूल्यमा समुन्द्र तटको सुरक्षा भन्ने कुरालाई जोड दिन खोजेको बताइएको छ ।