शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित दीपेन्द्र माओवादीमै फर्किए

बुधबार, पुष २० २०७९

काठमाडौं । रोल्पा क्षेत्र नम्बर १ (२) बाट स्वतन्त्र उम्मेदवारी दिएर लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका दीपेन्द्र कुमार पुनमगर (सिजल) नेकपा माओवादी केन्द्रमा फर्किएका छन् ।

गत मंसिर ४ को निर्वाचनमा तत्कालीन सत्ता गबठन्धनको आधिकारिक उम्मेदवार नेपाली कांग्रेसका अमरसिंह पुनविरुद्ध माओवादी केन्द्रका दीपेन्द्रले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

दीपेन्द्र साढे ५ हजार भन्दा बढी मत अन्तरले विजयी पनि बने । दीपेन्द्रले १४ हजार ९२७ र अमरसिंहले १० हजार ४०६ मत पाएका थिए ।

पार्टी छाड्नुअघि उनी माओवादीमा पोलिटब्युरो सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज थिए । पार्टीले पटकपटक निर्देशन दिँदा पनि उम्मेदवारी निष्क्रिय नपारेपछि माओवादीले उनलाई पार्टीबाट निष्कासन गरेको थियो ।

पार्टी अध्यक्ष प्रचण्डलाई सम्बोधन गर्दै उनले आत्मालोचना पत्र बुझाएपछि आज प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले खादा लगाई पार्टीमा स्वागत गरे ।