शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

बुधबार, पुष २० २०७९

काठमाडौं- झापाको बुद्धशान्ति गाउँपालिका–३ झिल्मिले पुलस्थित सडकमा को.२० प ३२७८ नम्बरको मोटरसाइकल र प्रदेश १–०१–००१ त ९७९७  नम्बरको ट्याक्टर मंगलबार दिउँसो एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ केराबारी गाउँपालिका–८ बस्ने २१ वर्षीय योसन लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

दैलेखको दुल्लु नगरपालिका–९ पादुकास्थित सडकमा भे.१ ग ७७ नम्बरको टिपर मंगलबार दिउँसो सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेर दुर्घटना हुँदा चालक सोही नगरपालिका–३ बस्ने २९ वर्षीय धन बहादुर बुढाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको दुल्लु अस्पताल दुल्लुमा उपचारको क्रममा मृत्यु भएको हो ।  साथै दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

अर्घाखाँचीको शितगंगा नगरपालिका–१४ हडाहास्थित सडकमा लु.१ ख ८७५८ नम्बरको बसले किच्दा बसमा सवार सोही ठाउँ बस्ने ७६ वर्षीया ईन्द्रकला भट्टराईको मंगलबार साँझ मृत्यु भएको छ । बसबाट ओर्लने क्रममा लड्दा सोही बसले किचेर गम्भीर घाइते भएकी उनको सामुदयिक अस्पताल पिपरामा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।