बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

काँग्रेसले आज पत्रकार सम्मेलन गर्दै

बुधबार, पुष २० २०७९

 काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आज पत्रकार सम्मेलन गर्दैछ ।

काँग्रेसले पछिल्लो समयमा भएका राजनीतिक घटनाक्रमबारे जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागेको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार प्रवक्ता डा. प्रकाशशरण महतले गत मंसिर ४ को निर्वाचन र अहिलेको समसामयिक विषयमा धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।

पत्रकार सम्मेलन आज दिउँसो ३ बजे पार्टी केन्द्रिय कार्यालयमा हुनेछ ।