शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

देउवाले विश्वास पात्र रमेश लेखकलाई बनाए प्रमुख सचेतक

बुधबार, पुष २० २०७९

काठमाडौँ – कांग्रेसको प्रतिनिधिसभा मुख्य सचेतकमा नेता रमेश लेखक मनोनीत भएका छन् ।

मंगलबार सभापति शेरबहादुर देउवाले लेखकलाई मुख्य सचेतकमा मनोनीत गरेको कांग्रेस संसदीय दलको नेताको निजी सचिवालयले जनाएको छ ।

लेखक कञ्चनपुर-३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनले एमालेकी निरुदेवी पाललाई झन्डै १२ हजार मतले हराएका थिए ।