काठमाडौं । एमाले नेता तथा सांसद सूर्य थापाले एकीकृत समाजवादीप्रति रोचक टिप्पणी गरेका छन् ।
एमालेबाट विभाजन भएको नेकपा एसको नाम नलिइ उनले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन् ।
एमालेबाट विभाजन भएको माधव नेपाल नेतृत्वको पार्टी विघटन र विसर्जनको डिलमा पुगेको उल्लेख गर्दै थापाले बाँकी अवेशषको पनि तीन लाइन संघर्ष तीब्र बनेको बताएका छन् ।
एमालेबाट फूटेर नेकपा एससहितको तत्कालीन देउवा सरकार बनेको थियो । तत्कालीन सत्ता गठबन्धनमा माधव नेपालको नेकपा एस बलियो शक्तिका रुपमा थियो । गत मंसिरका भएको चुनावमा १० सिट प्रत्यक्षमा जितेपनि उसले राष्ट्रिय पार्टी बन्न थ्रेसहोल्ड कटाउन नसकेपछि समानुपातिकमा सांसद चयन गर्न पाएन ।
अहिले देउवा सरकार ढलेर माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा एमालेसहितको गठबन्धन सरकार बनेसँगै नेकपा एस यतिबेला समस्याग्रस्त अवस्थामा पुगेको छ । पार्टी भित्रका सांसदहरु जोगाउन उसलाई धौधौ परिरहेको छ ।
एकीकृत समाजवादीले शनिबार र आइतबार स्थायी कमिटी सदस्यसँग छलफल गरेको थियो । उक्त छलफलमा अधिकांश सदस्यहरुले वर्तमान सरकारलाई समर्थन गर्नुपर्ने र माउ पार्टी एमालेसँग पार्टी एकीकरण गर्नुपर्ने धारणा राखेका थिए । यसैगरी लगातार केहीदिन देखि नेकपा एसको पोलिटब्युरो बैठक चलिरहेको छ । यो बैठकले सरकारमा जाने वा नजाने भन्ने निर्णय गर्ने समेत बताइएको छ ।
चालु पोलिटब्युरो बैठकमा पनि सरकारमा सामेल हुने नहुने विषयमा दुई खालका धारणा छन् भने एमालेसँगको एकताका सवालमा पनि एक मत हुन सकेको छैन । यसै सेरोफेरोमा एमाले नेता थापाले भनेका छन् –