शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

पछिल्लो २ वर्ष : रामकुमारी झाँक्री सबैभन्दा बढि साइबर हमलामा, कानूनी उपचार खोज्ने

मंगलबार, पुष १९ २०७९

काठमाडौं । नेकपा एकिकृत समाजवादीकी नेतृ एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले पछिल्लो दुई वर्षमा आफू सबैभन्दा बढि साइबर हमलामा परेको बताएकी छिन् । 

एकीकृत समाजवादीकी सचिवसमेत रहेकी उनले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत आफू सबैभन्दा धेरै साइबर हमलामा परेकाले कानूनी उपचार खोज्न बाध्य भएको जनाएकी छिन् ।

उनले लेखेकी छन् – एउटा अनुसन्धान टिमले साइबर आक्रमण, साइबर हिंसा र साइबर ह्यारास्मेन्टका समबन्धमा आफूमाथि लामो समय लगाएर अनुसन्धान गरेको रहेछ। रिपोर्ट निष्कर्षको प्रस्तुतीकरणमा आफूलाई बोलाएको उल्लेख गर्दै उनले पछिल्ला दुई वर्षमा म सबै भन्दा बढी साइबर हमलामा परेकी उल्लेख गरेकी छन् ।

उनले सबै प्रकारका पेशा, वर्ग, जातजाति, लिंग र सबै क्षेत्रमा बस्ने ब्यक्तिहरूले ब्यक्तिगत रूपमा अपशब्द प्रयोग गरेर गालीगलौच गरेको उल्लेख गर्दै सोसल मिडियामा सबैभन्दा धेरै आकर्मण गर्ने खासमा जातिय हिसावले मगर, तामाङ, राई, लिम्बु जस्ता जनजाति समुदायका ब्यक्तिहरू रहेको बताएकी छन् ।

यसैगरी बिश्वकर्मा, परियार, नेपाली जस्ता दलित समुदायका ब्यक्तिहरू पनि रहेको बताउँदै उनले लैगिक हिसावले महिलाहरू, महिलाका नाम र महिलाको प्रोफाईल फोटो राखेका नक्कली आईडिहरूबाट गालिगलौज गरेको उनले बताएकी छन् ।

आफूले अब पनि कानूनी उपचार नखोज्ने हो भने आफूभन्दा पछाडिका बहिनी र छोरीहरुमा यस्तोखाले सिकार झन् बढ्ने भन्दै चाँडोभन्दा चाँडो कानूनी उपचार खोज्ने उनले बताइन् ।