बागलुङ । जिल्ला अदालत बागलुङले निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई कैद फैसला गरेको छ ।
गाउँपालिकाका अध्यक्ष घर्तीलाई लागू औषध सम्बन्धी कसुर ठहर गर्दै तीन वर्ष छ महिना सजाय भएको हो ।
न्यायाधीस डा. दिवाकर भट्टको इजलाशले तीन वर्ष छ महिना कैद र ५० हजार जरिवाना फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिए ।
निसीखोला गाउँपालिका वडा नम्बर ६ को वडा अध्यक्ष हुँदा २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका थिए । घर्तीमाथी लागेको लागूऔषध गाँजा–चरेस सम्बन्धी कसुर २०७९ पुस ३ गते ठहर गरेपछि सोमबार कैद तोक्न आदेश दिइएको थियो ।
सो समयमा इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई घरबाटै पक्राउ गरेको थियो।
उनको घरबाट बरामद भएको गाँजा धुलो पारिएको अवस्थामा भेटिएको थियो ।
जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरि २०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागूऔषध गाँजारचरेसरनियन्त्रण ऐन २०३३ सम्बन्धी मुद्दा दर्ता भएको थियो ।
फैसलाको पूर्णपाठ भने आउन बाँकी छ ।
वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा उनी नेपाली काँग्रेसको तर्फबाट निसीखोला गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।