बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रालयका सचिवको बैठक

सोमबार, पुष १८ २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विभिन्न मन्त्रालयका सचिवहरुको बैठक बोलाएका छन्।

मन्त्रीविहीन मन्त्रालयहरुको अवस्थाबारे जानकारी लिन उनले बिहान ११ बजे सिंहदरबारमा सचिवहरुको बैठक बोलाएका हुन्।

आजको बैठकमा सचिवहरुलाई नै प्रभावकारी ढंगले काम गर्न निर्देशन दिने गरी तयारी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।

गत सोमबार प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका प्रचण्डले एक सातापछि पहिलो पटक सचिवहरुसँग छलफल गर्न लागेका हुन्। प्रचण्डको नेतृत्वको सरकारका हाल ७ जना मात्र मन्त्री छन् । दलीय गठबन्धनमा भागबण्डाका कारण सम्पूर्ण मन्त्रालयले मन्त्री नपाएका हुन् ।