शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

अन्तर्राष्ट्रिय पोशाक तथा टोपी दिवस विविध कार्यक्रम गरी मनाइँदै (तस्वीर)

आइतबार, पुष १७ २०७९

काठमाडौं । मौलिकता, सम्पदा, धरोहरको संरक्षण, राष्ट्रिय पोशाक, झण्डा स्वाभिमानको पहिचान भन्ने नारासहित १० औं राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइएको छ । 

आज १०औँ अन्तर्राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइएको हो । आज काठमाडौंको वसन्तपुरबाट पर्यटन बोर्डसम्म र्‍याली निकालिएको थियो ।

gh.jpg

र्‍यालीमा सर्वसाधारण नेपाली पोशाक तथा ढाका टोपीमा सजिएका थिए । उनीहरुले हातमा नेपालको राष्ट्रिय झण्डा पनि बोकेका थिए । र्‍यालीमा बालबालिकादेखि युवा तन्नेरीसहित गन्यमान्य मानिससमेत थिए ।

यसैगरी देशका विभिन्न भागमा टोपी दिवस मनाइएको छ । झापाको दमकमा जीवनचक्र समाजले १०औँ नेपाली टोपी दिवसका अवसरमा आज विशेष कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा सर्यौ सर्वसाधारण सहभागी भएका थिए ।

jhapa.JPG

यसरी नै नेपालगञ्ज साइक्लिङ क्लबले पनि १०औँ टोपी दिवस मनाएको छ । 

ju.JPG