काठमाडौ बैशाख १२
नेप्से आज तीन दसमलव चार अंकले घटेर १६ सय ७२ दसमलव ३८ अंकमा झरेको छ । सेन्सिटिभ पनि आज एक दसमलव चार अंकले घटेर तीन सय ५९ दसमलव ३६ अंकमा झरेको छ । नेप्सेमा आज एक सय ४७ कम्पनीहरुको सात हजार नौ सय छ वटा कारोवारमा १४ लाख १५ हजार आठ सय ५९ कित्ता सेयर खरिदबिक्री हुंदा एक अर्ब १३ करोड ५१ लाख ८५ हजार दुई सय ९९ रुपैयाँ सेयर कारोवार भएको छ ।
नौ वटा समुहको कारोवार भएकोमा छ वटा समुहको कारोवार बढेको छ भने तीन वटा समुहको कारोवार घटेको छ । बीमा समुहको सुचक ५१ दसमलव ७३ अंकले बढेर आठ हजार नौ सय ७४ दसमलव ९९ बिन्दुमा पुगेकोमा ४५ करोड १७ लाख ७६ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यसैगरी बिकास बैक समुहको सुचक पनि शुन्य दसमलव ४६ अंकले बढेर १९ सय ५५ दसमलव ६२ बिन्दुमा पुगेकोमा १७ करोड २० लाख ६७ हजार रुपैयाँको सेयर किनबेच भएको छ । टे«ड्रिङ, होटल, फाईनान्स र उत्पादनमुलक समुहको कारोवार पनि आज बढेको छ ।
बाँणिज्य बैक समुहको सुचक भने आज आठ दसमलव ४२ अंकले घटेर १५ सय ३९ दसमलव ६५ बिन्दुमा झरेकोमा ३२ करोड ६९ लाख १४ हजार रुपैयाँको सेयर किनबेच भएकामे छ । जलबिद्युत र अन्य समुहको सुचक भने आज घटेको छ । आज कमाउने र गुमाउने कम्पनीहरु यस्ता रहेकाछन ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्र स कम्पनीको नाम आजको कारोवार मुल्य आजको बढेको मुल्य
१ स्वरोजगार लघुबित्त बिकास बैक २६४० १०
२ ललितपुर फाईनान्स २०९ १०
३ राष्ट्रिय बीमा कम्पनी (संस्थापक) १२०६१ १०
४ राष्ट्रिय बीमा कम्पनी १३४१६ ९.९९
५ कन्काई बिकास बैक ६४१ ९.९५
गुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्र स कम्पनीको नाम आजको कारोवार मुल्य आजको घटेको मुल्य
१ पोखरा फाईनान्स २५६ ६.९०
२ मिथिला लघुबित्त बिकास बैक १४२१ ६.७५
३ कर्णाली बिकास बैक ३१४ ४.६०
४ तारागाउँ रेजिडेन्सी होटल २५१ ४.१९
५ प्रोग्रेसिभ फाईनान्स १७७ ३.८०