शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

आज प्रदेश १ को पहिलो संसद बैठक बस्दै

आइतबार, पुष १७ २०७९

विराटनगर । प्रदेश १ को प्रदेश सभाको पहिलो बैठक आज आईतवार बस्ने भएको छ ।
पहिलो बैठक आज दिउँसो १ बजे बस्न लागेको हो । 
पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद काँग्रेसका ७९ वर्षिय गयानन्द मण्डल गनगाईंले गर्नुहुनेछ । 

बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र वाचन गर्ने कार्यसूची छ । त्यस्तै प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) लाई अंगीकार गरी बैठक सञ्चालन गर्न प्रश्ताव प्रश्तुत हुने उल्लेख छ ।

अहिलेसम्मको केन्द्रीय सत्तासमीकरण अनुसार प्रदेश १ मा एमाले, माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीको सरकार बन्ने देखिएको छ । काँग्रेस र एकीकृत समाजवादी प्रतिपक्षमा बस्ने देखिन्छ ।