शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

‘प्रचण्ड नेतृत्वको सरकारसँग मिलेर काम तयार छौं’

शुक्रबार, पुष १५ २०७९

काठमाडौँ : भारतीय विदेश मन्त्रालयले नेपालमा हालै गठन भएको नयाँ सरकारसँग काम गर्न उत्सुक रहेको जनाएको छ ।

भारतले नेपालसँगको द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउँदै चुनावपछि बनेको नयाँ सरकारसँग मिलेर काम गर्न उत्सुक रहेको बताएको हो ।

बिहीबार आयोजित साप्ताहिक नियमित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नयाँ सरकारसँग मिलेर काम गर्ने बताएका हुन् ।

नेपालमा चुनावपछि बनेको नयाँ सरकार र यहाँको राजनीतिक परिस्थितिका बारेमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासको जवाफ दिँदै बाग्चीले प्रचण्ड प्रधानमन्त्री हुनेबित्तिकै नरेन्द्र मोदीले बधाई दिएको विषयमा जानकारी गराए । मोदीले दिएको बधाईको जवाफमा प्रचण्डले पनि दुई देशको बीचमा गहिरो सम्बन्ध बनाउन चाहेको उनले जानकारी दिए ।