शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

अवैध लागू औषध सहित पक्राउ

बिहिबार, पुष १४ २०७९

काठमाडौं- काठमाडौं, चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध कोरेक्स एकसय एमएलको ४८ बोतल सहित सर्लाही चक्रघटा गाउँपालिका–१ घर भएका १८ वर्षीय किशोरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र ०३–००१ ख २५४७ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

ईलामको ईलाम नगरपालिका–१२ साङरुम्बाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब ५ सय ४५ ग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय सोम राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरीले बा.३८ प ४४९० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ मनहराबाट अवैध लागूऔषध गाँजा करिब २५ ग्राम सहित जाजरकोट कुशे गाउँपालिका–५ घर भई हाल काठमाडौं जडिबुटि बस्ने २१ वर्षीय हिरा खत्री लगायत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कपिलवस्तुको शिवराज नगरपालिका–४ चनई बस्ने २० वर्षीय तौवाब अली दर्जीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ६ सय ५० मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।