बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

आज क्रिकेटर सन्दीपको पुनरावेदन पेसी, फैसला हुनसक्ने सम्भावना

बिहिबार, पुष १४ २०७९

काठमाडौं । किशोरी बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानोविरुद्धको मुद्दाको आज पेसी परेकोछ ।

नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान लामिछानेको पुनरावेदनको पेसी आज पाटन उच्च अदालतमा हुने भएको हो ।

पेसीमा आज नै बहस र फैसला हुनसक्ने सम्भावना रहेको सन्दीप पक्षधर वकीलहरुको भनाइ छ ।

जबरजस्ती यौन सम्बन्ध राखेको आरोपमा एक किशोरीले जाहेरी दिएपछि गत असोज २० गते उनलाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो । सन्दीप हाल केन्द्रीय कारागार सुन्धारामा रहेका छन्। 

सन्दीपलाई १७ वर्षीया किशोरीले बलात्कारको आरोप लगाएकी थिइन्। सन्दीपले भने इन्कारी बयान दिँदै आएका छन्। अर्कातर्फ आरोप लगाउने किशोरीको उमेर १८ वर्षभन्दा बढी रहेको तर्क सन्दीपका कानून व्यवसायीको छ।

आरोप लगाउने किशोरीले जन्म दर्ता सच्याउँदै प्रतिलिपि जन्म दर्ता बनाएर उमेर घटाउँदै नागरिकता बनाएकोको दाबी उनीहरूले गर्दै आएका थिए।

यसैबिच पीडितलाई जन्म दर्ता जारी गर्ने नुवाकोटको एक गाउँपालिकाले २०७५ सालमा बनाइएको जन्म दर्तामा उनको जन्ममिती २०६१ असार १८ गते रहेको पत्र काठमाडौं जिल्ला अदालतलाई पठाएको छ।