बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

स्नेहा भइन् ‘जुनियर स्कुल प्रिन्सेस’

मंगलबार, बैशाख १२ २०७४

काठमाडौँ, १२ वैशाख ।

सिजन मिडियाले आयोजना गरेको छैटौँ ‘अक्षरा जुनियर स्कुल प्रिन्सेस–२०१७’ अन्तर्गत सिनियर समूहतर्फ भ्याली भ्यु पब्लिक स्कुल कक्षा ७ की स्नेहा थापा मगर विजयी भएकी छिन् । 

सातदेखि १३ वर्षका एक सय ८० आवेदकमध्ये छानिएका एक सय जनामा आफ्नो प्रतिभा प्रदर्शन गरेर मगर विजयी भएकी हुन् । यसैगरी रातो बंगला कक्षा ६ की जिना बस्नेत सेकेन्ड रनर अप र वीरेन्द्र आवासीय मावि कक्षा ७ की इशा पौडेल फस्ट रनर अपबाट ताजसहित पुरस्कृत भएका छन् । 

अक्षरा स्कुलका प्रिन्सिपल अञ्जु भट्टराईले सो पुरस्कार प्रदान गर्दै प्रतियोगितामा भाग लिएर छात्राहरुले विजयी हुनुभन्दा पनि सामाजिक घुलमिल र ज्ञान सिक्नु उपलब्धि भएको बताइन् । तीनै जनालाई साइकलसहित अन्य उपहारबाट पुरस्कृत गरियो । यस्तै विभिन्न विधामा सहभागी छात्रा पुरस्कृत भएका थिए । 

हरेक वर्ष ‘एसएलसी प्रिन्सेस’ कार्यक्रम पनि सञ्चालन गर्दै आएको सो मिडियाका प्रबन्ध निर्देशक प्रदीपराज वन्तले वार्षिक परीक्षाको अन्त्यपछि विद्यार्थीमा अतिरिक्त सिकाइ प्रतिभाको सम्मानका लागि यस्तो कार्यक्रम सञ्चालन गरिएको बताए । जुनियरतर्फको अन्तिम प्रतियोगिताको परिणाम आउन बाँकी छ ।