शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्से सुचक तथा कारोबार रकम दुबै घट्यो

बुधबार, पुष १३ २०७९

पाँच वटा समुहले कमाउँदा आठ वटा समुहले गुमाए

काठमाडौं- नेप्से सुचक तथा कारोबार रकम दुबै घटेको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज बुधबार भने ११ दशमलव ८१ अंकले घटेर १९ सय ७२ दशमलव १५ अंकमा झरेको छ ।  सेन्सिटिभ पनि आज चार दशमलव ७२ अंकले घटेर तीन सय ८१ दशमलव ३२ अंकमा झरेको छ । आज दुई सय ५७ वटा कम्पनीहरुको ३९ हजार छ सय ६० पटकको कारोबारमा ६५ लाख ३० हजार चार सय १५ कित्ता सेयर किनबेच भएका छन् भने कारोबार रकम दुई अर्ब १५ करोड ३५ लाख ४७ हजार दुई सय सात रुपैंयाँ कायम भएको छ । 

आज १३ वटा समुहहरुको कारोबार हुंदा पाँच वटा समुहहरुले कमाएपनि आठ वटा समुहहरुले भने गुमाएका छन् । ति मध्ये फाईनान्स समुहको सुचक तीन दशमलव ९३ अंकले बढेर १६ सय २७ दशमलव ६९ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक १५ दशमलव १८ अंकले बढेर २१ सय ४९ दशमलव ८३ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि पाँच दशमलव २४ अंकले बढेर नौं हजार छ सय ९६ दशमलव १६ अंकमा पुग्दा निर्जिवन बीमा र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने आज १३ दशमलव ४४ अंकले घटेर १३ सय ४१ दशमलव ३१ अंकमा झर्दा बिकास बैंक समुहको सुचक पनि ३३ दशमलव ९६ अंकले घटेर तीन हजार चार सय ८१ दशमलव ८६ अंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन, लघुवित्त, उत्पादनमुलक, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् । नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सेन्ट्रल फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा महुली लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने नबिल बैंक परेको छ ।